नियम २९
रजिष्ट्री अनिवार्य हुने वस्तुहरू

(क) देहायको हुलाक वस्तुको रजिष्ट्री गर्नु अनिवार्य हुनेछः–
(१) हुलाक वस्तुको अगाडिको भागमा रजिष्ट्री भन्ने लेखिएको वस्तुहरू, तर डेलिभरी भइसकेको र पुन हुलाक दाखिल हुन आएको वस्तुहरूको हकमा ठेगानावालासँग प्रथम पटक रजिष्ट्री हुन आए सरह रजिष्ट्री दस्तुर लिई हुलाकवस्तु बुझाउनेछ ।
(२) पुलिन्दाहरू,
(३) बीमा वस्तुहरू,
(४) भन्सार प्रज्ञापनपत्र (कष्टम डेक्लेरेशन फाराम) चाहिने वस्तुहरू,
(५) चेक, हुण्डी र बिल आदि खामिएका वस्तुहरू ।
(ख) माथि खण्ड (क) बमोजिम रजिष्ट्री गरिनु पर्ने वस्तुहरू रजिष्ट्री नगरिएको भएमा सो हुलाक वस्तुमा लाग्ने रजिष्ट्री वस्तुको दुगुना दस्तुर डेलिभरी लिने ठेगानावाला वा प्रेषकबाट असुल गरिनेछ ।